मंगलबार ६ कार्तिक २०८१
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा १ लाख ६२ हजार रुपैयाँ नजिक

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।  नेपाली बजारमा सुनको मूल्य एकै दिन १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार आठ सय रुपैयाँ पुगेको छ । 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो ।   

तपाईको प्रतिक्रिया