मंगलबार ६ कार्तिक २०८१
मनोरन्जन

हलबाट 'बेहुली फ्रम मेघौली' उतार्ने निश्चल बस्नेतको घोषणा, ओटीटीमा रिलिज हुने

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24

काठमाडौं । फिल्म 'बेहुली फ्रम मेघौली' हलबाट उतार्ने निर्माता एवं अभिनेता निश्चल बस्नेतले घोषणा गरेका छन्। 

उनले बिहीबारदेखि आफ्नो फिल्म कुनै पनि हलमा नरहने जानकारी दिएका हुन्।

'भोलिदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं,'  निश्चलले फेसबुकमा लेखेका छन्।

चाँडै एसएमएस भिडिओ ओटिटी प्लेटफर्ममा रिलिज गरिने पनि उनले जानकारी दिएका छन्।

निश्चलले नेपाली फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको भए पनि हलले शो घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

केही दिन अगाडिमात्रै उनले हिन्दी सिनेमामा दर्शक नहुँदा पनि शो दिएको तर आफ्नो चलचित्रलाई शो नदिएको भन्दै हलको विकल्प खोज्ने चेतावनी दिएका छन् । 

‘बेहुली फ्रम मेघौली’मा निश्चल र स्वस्तिमा खड्काको लगानी छ । सिनेमाको मुख्य भूमिकामा पनि निश्चल र स्वस्तिमा नै छन् ।सजन काफ्ले र आकाश बरालले फिल्मलाई लेखन तथा निर्देशन गरेका हुन्।

तपाईको प्रतिक्रिया