मंगलबार ६ कार्तिक २०८१
बिश्वो

मलेसिया सरकारले बढायो कामदारको तलब, अब न्यूनतम तलब १७०० रिङ्गेट

शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24

काठमाडौं । मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ । आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो।

हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ। मलेसिया सरकारले सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम तलब वृद्धि गरेको छ ।

श्रमिकको न्युनतम तलब मलेसियन रिंगेट १५ सयबाट बढाएर १७ सय अर्थात् करिब ५३ हजार पुर्‍याइएको हो । मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले हिजो संसद्मा आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गर्नुभएको हो । यो तलब आगामी फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने छ ।

मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिकको न्युनतम तलब पनि २ सय रिंगेटले बढेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको पाउने सबैभन्दा बढी न्युनतम तलब मलेसियाको बनेको छ । साउदी अरब, युएई, कुवेतलगायतका मुलुकले न्युनतम तलब तोकेका छैनन् ।

तपाईको प्रतिक्रिया