मंगलबार ६ कार्तिक २०८१
खेलकुद

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज

आइतबार कार्तिक ४, २०८१/ Sunday 10-20-24

काठमाडौं । नेपाल र अमेरिकाबीच जारी तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले सुपरओभरमा जित हासिल हात पारेको छ । निर्धारित २० ओभरको खेल समान १७० रन भएपछि सुपर ओभरमा पुगेको खेलमा नेपाल विजयी बनेको हो ।

सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा ३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो । अब नेपालले अन्तिम खेलमा भोलि प्रतिस्पर्धा गर्नेछ ।

यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो । दोस्रो टी–२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरिकालाई जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अमेरिकाले पनि १७० रननै बनाएपछि खेल सुपर ओभरम पुगेको थियो । डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया