मंगलबार ६ कार्तिक २०८१
राजनीति

बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा (नयाँशक्ति) राख्ने निर्णय

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24

पोखरा। बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।

मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेत्री मानुषी यमि भट्टराईले जानकारी दिइन् । 

यस्तै बैठकले आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । 

यस्तै पार्टीको झन्डा र चुनाव चिन्ह आँखा राख्ने र केन्द्रीय कमिटी ९९ सदस्यीय हुने निर्णय गरेको छ । यस्तै पदाधिकारी ११ सदस्यीय हुनेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी, १ खस आर्य, १ दलित), १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष हुने छन् । 

अधिवेशनले सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित गर्ने  र पार्टीमा युवा प्रतिनिधित्व बढाउने निर्णय पनि भएको छ । आय ७ लाख ५० हजार र व्यय ९ लाख ७७ हजार १६० रुपैयाँ रहेको छ। यससँगै नेसपाको प्रथम विधान अधिवेशन सम्पन्न भएको छ। 

तपाईको प्रतिक्रिया