शनिबार २३ फाल्गुण २०८२
मनोरन्जन

‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई

आइतबार श्रावण २५, २०८२/ Sunday 08-10-25

काठमाडौं । ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन्।

सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो। विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे।

विजेता भएसँगै सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन्। आफ्नो टिमकी सोनालीले उपाधि चुमेपछि कोच मेलिनाले एकदमै खुसी लागेको बताइन्। 

फिनालेमा आठ जना प्रतिस्पर्धी थिए, जसमा कोच खेम सेन्चुरी, मिलन नेवार, सत्यराज आचार्य र मेलिना राईको टोलीबाट दुई–दुई जना अन्तिम चरणमा पुगेका थिए। मेलिना राईको टोलीबाट सोनाली सर्वाधिक भोट पाउँदै विजेता बनेकी हुन्।

तपाईको प्रतिक्रिया