शनिबार २३ फाल्गुण २०८२
राजनीति

रसुवाबाट कांग्रेसका मोहन आचार्य तेस्रोपटक निर्वाचित

शुक्रबार फाल्गुण २२, २०८२/ Friday 03-06-26

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवाबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन्।

आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएका हुन्। मतगणनाको सुरुदेखि नै उनले अग्रता कायम राखेका थिए।

योसँगै आचार्यको तेस्रो जित बनेको छ। यसअघि पनि उनी २०७४ र २०७९ मा रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया