काठमाडौं । चितवन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले फराकिलो अग्रता कायम राखेकी छन्।
पछिल्लो मतपरिणामअनुसार गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले ५ हजार २५६ मत ल्याएकी छन्।
यसरी गौतमले रेनुभन्दा ४ हजार ६२३ मतको अन्तरले अगाडि रहेकी छन्।
तपाईको प्रतिक्रिया