राजनीति
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
शुक्रबार फाल्गुण २२, २०८२/ Friday 03-06-26
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले शुक्रबार सुनुवाइ गर्दै प्रसाईंलाई हिरासतबाट रिहा गर्न आदेश जारी गरेको हो।
काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
प्रहरीले यसअघि प्रसाईंलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो।
तपाईको प्रतिक्रिया