झापा–५ मा १० हजार मतको फराकिलो अन्तर बनाउँदै बालेन निरन्तर अगाडि
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा जारी मतगणनामा घण्टी चिन्हका उम्मेदवारले स्पष्ट अग्रता कायम गरेका छन्। शुक्रबार साँझ ६ः३० बजेसम्म सार्वजनिक भएको मतपरिणामअनुसार घण्टी चिन्हले १३ हजार ६५४ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा निकै अगाडि देखिएका छन्।
यसैगरी सूर्य चिन्हका उम्मेदवारले ३ हजार ११ मत प्राप्त गरेका छन्। यस्तै रुख चिन्हले ४०३ मत ल्याएको छ भने तारा चिन्हले ३७० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। हालसम्मको गणनामा घण्टी चिन्हले निकटतम प्रतिस्पर्धी सूर्य चिन्हभन्दा झण्डै साढे १० हजार मतको फराकिलो अग्रता बनाएको देखिन्छ।
मतगणना जारी रहेकाले आगामी चरणमा मतपरिणाम थप परिवर्तन हुन सक्ने जनाइएको छ। मतगणना केन्द्रमा राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा मतगणना भइरहेको छ।
यस क्षेत्रमा प्रारम्भिक चरणदेखि नै घण्टी चिन्हले बलियो अग्रता लिइरहेकाले अन्तिम परिणाम कता जान्छ भन्नेबारे चासो बढेको छ। मतगणना सकिएपछि मात्रै अन्तिम परिणाम औपचारिक रूपमा घोषणा गरिने निर्वाचन अधिकृतले बताएका छन्।
तपाईको प्रतिक्रिया