शनिबार २३ फाल्गुण २०८२
राजनीति

झापामा ६५ प्रतिशत मतदान, आज राति १२ बजेदेखि मतगणना सुरु हुने

बिहीबार फाल्गुण २१, २०८२/ Thursday 03-05-26

झापा ।  प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयतर्फ ढुवानी गर्ने काम तीव्र रूपमा भइरहेको छ।

निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार मतपेटिका संकलन पूरा भएपछि राजनीतिक दलहरूको उपस्थितिमा सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिनेछ। उनले आज राति १२ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए। प्रारम्भिक अनुमानअनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रहेका २८५ मतदानस्थलका ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताइएको छ। पाँच निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए।

झापामा तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी कुल सात लाख १३ हजार ५३७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया