शनिबार २३ फाल्गुण २०८२
राजनीति

काठमाडौं १ र ३ मा मतगणना सुरु

बिहीबार फाल्गुण २१, २०८२/ Thursday 03-05-26

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ र ३ मा मतगणना सुरु भएको छ।

काठमाडौं १ मा बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा मतगणना सुरु गरिएको हो। राति १० बजेदेखि सुरु हुने भनिए पनि केही ढिलागरी गणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। अहिले दुई स्थानबाट मतगणना भइरहेको छ भने केहीबेरमा थप एक स्थानबाट पनि गणना अघि बढाइने जनाइएको छ। यस क्षेत्रमा कांग्रेसका प्रबल थापा क्षेत्री, एमालेका मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारी, रास्वपाकी रञ्जु न्यौपाने र राप्रपाका रवीन्द्र मिश्रलगायत प्रतिस्पर्धामा छन्।

यस्तै काठमाडौं–३ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–१ बाट मतगणना सुरु गरिएको छ। मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार मतपेटिका रुजु भएपछि वडा नम्बर १ बाट पहिलो गणना सुरु गरिएको हो।

यस क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, एमालेका रामेश्वर फुयाल र रास्वपाका राजु पाण्डेलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

 

तपाईको प्रतिक्रिया