शनिबार २३ फाल्गुण २०८२
राजनीति

रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री दाहाल विजयी

शुक्रबार फाल्गुण २२, २०८२/ Friday 03-06-26

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार उनले रुकुम पूर्वबाट १० हजार २४० मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन्।

यस जीतसँगै नेकपाले पनि प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जितको खाता खोलेको छ।

तपाईको प्रतिक्रिया