शनिबार २३ फाल्गुण २०८२
जीवनशैली

काठमाडौं डेंगु रेड जोनमा, देशभर संक्रमित ५ हजार नाघे

मंगलबार असोज १४, २०८२/ Tuesday 09-30-25

काठमाडौँ ।  काठमाडौंमा डेंगु संक्रमण तीव्र बढ्दै रेड जोनमा परेको छ। स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार जनवरी १ देखि हालसम्म उपत्यकामा ५६५ जना संक्रमित भेटिएका छन्। सेप्टेम्बर महिनामात्रै २०० भन्दा बढी संक्रमित थपिएका छन्।

देशभर हालसम्म ७५ जिल्लामा डेंगु फैलिएको छ र संक्रमित संख्या ५,१९६ पुगेको छ। पछिल्लो सात दिनमै २७४ जना नयाँ संक्रमित थपिएका छन् भने यसवर्ष २ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले पानी जम्ने स्थान नष्ट गर्न, लुगा पुरै छोप्ने गरी लगाउन, झुल प्रयोग गर्न, र घर वरपर सफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

प्रदेशगत रूपमा गण्डकीमा सबैभन्दा बढी १,३२७ संक्रमित भेटिएका छन् भने बागमतीमा १,१९१, लुम्बिनीमा ९११ र सुदूरपश्चिममा ६२२ जना छन्।

नेपालमा डेंगु पहिलोपटक २००६ मा पुष्टि भएको हो भने २०१०, २०१९, २०२२ र हाल २०२५ मा महामारीजस्तै फैलिएको छ।

 

तपाईको प्रतिक्रिया