शनिबार २३ फाल्गुण २०८२
राजनीति

चितवन–२ बाट लगातार तेस्रोपटक निर्वाचित भए रवि लामिछाने

शनिबार फाल्गुण २३, २०८२/ Saturday 03-07-26

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् भने नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९४२ मत पाए।

लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३९ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्।

मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका लामिछानेले अन्त्यसम्म आफ्नो अग्रता कायम राख्दै चितवन–२ मा सहज जित हासिल गरेका हुन्।

 

तपाईको प्रतिक्रिया