काठमाडौँ । तिहारको अवसरमा बजारमा कारोबार बढेर अर्थतन्त्र सक्रिय बनेको छ।
फूलमाला, मिठाई, लत्ताकपडा, झिलिमिली बत्ती, भाइमसला लगायतका सामानको किनमेलमा उपभोक्ताको भिडभाड देखिएको छ। यसले ठूलो रकम बजारमा पुग्ने र अर्थतन्त्रलाई चलायमान बनाउने बताइएको छ।
धरान उपमहानगरपालिका–२ का व्यापारी बिक्की दासका अनुसार दैनिक १५–२० हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ। तर कतिपय आवश्यक वस्तुको मूल्य उच्च हुँदा उपभोक्तामा गुनासो आएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक भरतप्रसाद आचार्यका अनुसार चाडपर्वमा मूल्यवृद्धि गर्ने व्यवसायीलाई अनुगमन भइरहेको छ। उपभोक्ताको सचेतताले स्वच्छ बजार कायम राख्न सहयोग पुग्ने उनको भनाइ छ।
तपाईको प्रतिक्रिया