शनिबार २३ फाल्गुण २०८२
बिजनेस

जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न युवक पक्राउ

बिहीबार कार्तिक ६, २०८२/ Thursday 10-23-25

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न एक युवक पक्राउ

जेन–जी आन्दोलनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

खोटाङ साकेला गाउँपालिका–१ घर भई ललितपुर धापाखेल बस्ने २३ वर्षीय शिवकुमार विकलाई ललितपुर प्रहरी परिसरले आज बिहान पक्राउ गरेको हो।

मदिरा सेवन गरी हो–हल्ला गरिरहेको सूचनाका आधारमा प्रहरी टोली खटिँदा विकको साथबाट एक चाइनिज पेस्तोल, राष्ट्रिय वाणिज्य बैंकको टाँचा लागेको चार लाख ७८ हजार रुपैयाँ नगद, र एक आइफोन बरामद गरिएको प्रहरीले जनाएको छ।

ललितपुर प्रहरी परिसरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार विकलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया