बिजनेस
दोलखाको यलुङरी हिमालमा हिमपहिरो : एक विदेशी र दुई नेपालीको मृत्यु
सोमबार कार्तिक १७, २०८२/ Monday 11-03-25
दोलखा। गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रको यलुङरी हिमाल नजिक आज बिहान आएको हिमपहिरोमा परेर एक विदेशी र दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
१५ विदेशीसहितको आरोहण टोली बिहान करिब ९ बजे हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए। अन्यको अवस्था अझै यकिन हुन सकेको छैन।
वडाध्यक्ष निमगेली शेर्पाका अनुसार उद्धारका लागि समयमै आग्रह गरिए पनि प्रतिबन्धित क्षेत्र भएकाले हेलिकप्टर अनुमति प्रक्रियामा ढिलाइ भएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ भने खराब मौसमका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया