शनिबार २३ जेठ २०८३
राजनीति

नयाँदिल्लीमा परराष्ट्रमन्त्री खनाल र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

शनिबार जेठ २३, २०८३/ Saturday 06-06-26

नयाँदिल्ली ।  भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, राजनीतिक दलहरूबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशका जनताबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार दुवै पक्षले आपसी हित, क्षेत्रीय सहकार्य र मित्रवत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए।

परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार भारतको राजधानी नयाँदिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग विभिन्न द्विपक्षीय विषयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

 

तपाईको प्रतिक्रिया