राजनीति
वाग्मतीका ९ जिल्लामा सकियो रास्वपाको अधिवेशन, कहाँ को विजयी ?
आइतबार जेठ २४, २०८३/ Sunday 06-07-26
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ।
आज चितवन, रसुवा र ललितपुरमा जिल्ला अधिवेशन जारी रहेको छ। यता, सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन भने आन्तरिक विवादका कारण स्थगित भएको पार्टी स्रोतले जनाएको छ।
हालसम्म सम्पन्न अधिवेशनबाट निर्वाचित जिल्ला सभापतिहरूमा काठमाडौँबाट राजा शाक्य, भक्तपुरबाट रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकबाट प्रबिन ढकाल, सिन्धुलीबाट अविनाश बस्नेत, रामेछापबाट रमेश रायमाझी, दोलखाबाट दिनेश बस्नेत, नुवाकोटबाट रामेश्वर गजुरेल, धादिङबाट राजन अर्याल तथा मकवानपुरबाट सन्जिव पाठक चयन भएका छन्।
बाँकी जिल्लाको अधिवेशन सम्पन्न भएपछि बागमती प्रदेशमा रास्वपाको संगठनात्मक संरचनाले थप पूर्णता पाउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया