ग्लोबल आइएमई बैंक र नास–आईटीबीच डिजिटल बैंकिङ, कर्जा र व्यवसाय विस्तारसम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग डिजिटल बैंकिङ, कर्जा योजना र व्यवसाय विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विभिन्न पेशागत समूहका लागि लक्षित कर्जा योजना र वित्तीय साक्षरताका कार्यक्रमहरूबारे जानकारी दिनुभयो। बैंकले देशभर वित्तीय साक्षरता बढाउने उद्देश्यले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
ग्लोबल आइएमई बैंक नास–आईटीको दिगो कोष सहयोग गर्ने पहिलो साझेदार बनेको छ। बैंकले हालसम्म बेष्ट बैंक नेपाल २०२४ र २०२५ लगायतका अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेको छ।
देशका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरेको बैंकले ३५२ शाखा, ३८४ एटिएम र ३ विदेशी प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको छ। साथै, बैंकले विश्वका दर्जनौँ देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।
तपाईको प्रतिक्रिया