शनिबार २३ फाल्गुण २०८२
प्रवास

अस्ट्रेलियामा सवारी दुर्घटनाः एकै परिवारका तीन नेपालीको मृत्यु

बिहीबार कार्तिक २७, २०८२/ Thursday 11-13-25

काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यको पश्चिम क्षेत्रमा पर्ने स्टोनलीमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा आर्मस्ट्रङ क्रीकमा बस्दै आएका सपना न्यौपाने, उनका श्रीमान् कृष्ण हरि भण्डारी र तीन वर्षीय छोरा रुबेन न्यौपाने रहेका छन्।

दुर्घटनामा आमा, बाबु र छोराको घटनास्थलमै मृत्यु भएको हो भने साथमा रहेकी वृद्धा (मृतक महिलाकी आमा) घाइते भएकी छन्। उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।

दुर्घटना कार मुख्य सडकमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा भएको हो। ट्रक चालक सामान्य घाइते भएका छन्।

भिक्टोरियास्थित वाणिज्य दूत नीराजन गौलीले यो घटना अत्यन्तै पीडादायक रहेको बताउँदै एक जनाको उपचार भइरहेको पुष्टि गरेका छन्। एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारलाई आवश्यक सहयोगका लागि तयारी रहेको जनाएका छन्।

 

तपाईको प्रतिक्रिया