शनिबार २३ फाल्गुण २०८२
प्रविधी

यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन प्रणाली बन्द

शुक्रबार कार्तिक २८, २०८२/ Friday 11-14-25

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा फेरि समस्या उत्पन्न भएपछि नयाँ लाइसेन्सका लागि आवेदन प्रक्रिया पुनः बन्द गरिएको छ। १६ कात्तिकदेखि आंशिक रूपमा खुलाइएको सेवा आजदेखि अर्को सूचना नआएसम्म स्थगित गरिएको विभागले जनाएको छ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र नयाँ लाइसेन्सका लागि ऑनलाइन आवेदन दिने प्रणाली पूर्ण रूपमा अवरुद्ध भएपछि सेवा लिने नागरिक पुनः अलमलमा परेका छन्।

गत भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा विभागको संरचना तथा उपकरणमा ठूलो क्षति पुगेपछि लाइसेन्ससम्बन्धी सम्पूर्ण सेवा रोकिएको थियो। त्यसपछि केही सेवा पुनः सुरु भए पनि डेटा सेन्टरमा देखिएको नयाँ समस्या कारण सेवा फेरि ठप्प भएको विभागले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया