शनिबार २३ फाल्गुण २०८२
प्रविधी

राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक

मंगलबार मङ्सिर २, २०८२/ Tuesday 11-18-25

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको पुष्टि भएको छ। करिब १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण समेटिएको विभागको प्रणाली ह्याक भएपछि वेबसाइट पूर्णरूपमा बन्द भएको विभागले जनाएको छ।

विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार करिब एक घण्टा अघि सिस्टममा समस्या देखिन थालेको हो। इञ्जिनियरहरूले समस्या पहिचान गर्ने प्रयास गरिरहे पनि ह्याकिङको प्रकृति के हो भन्ने अझै स्पष्ट हुन सकेको छैन।

केही दिनअघि मात्रै विभागले मतदाता नामावली अनलाइन दर्ता प्रणाली सञ्चालनमा ल्याएको थियो। सो प्रणाली सार्वजनिक भएपछि जेनजी समूहले श्रेय लिन खोजेको घटनासँगै विभागको डाटा सुरक्षाबारे गम्भीर प्रश्न उठेका थिए।

तपाईको प्रतिक्रिया