मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना श्रेष्ठ नियुक्त
काठमाडौँ । सरकारले नेपाल विशेष सेवा ऐन २०४२ संशोधनका लागि तयार गरिएको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे जानकारी दिएका सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार जनेजी आन्दोलनका २,४२९ घाइतेलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ राहत दिने निर्णय पनि गरिएको छ।
बैठकले नर्वेबाट करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्डबाट करिब २.१ मिलियन अमेरिकी डलरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना अध्ययनका लागि प्रकाशजंग केसीको संयोजकत्वमा समिति गठन गरिएको छ।
यस्तै, माथिल्लो मुस्ताङमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति शुल्क प्रतिदिन ५० डलर तोक्ने तथा सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
तपाईको प्रतिक्रिया