शनिबार २३ फाल्गुण २०८२
बिजनेस

एनपीएल फाइनलमा भिड्ने दुवै टिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना

शनिबार मङ्सिर २७, २०८२/ Saturday 12-13-25

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा आमनेसामने हुन लागेका दुवै टोलीलाई शुभकामना दिएकी छिन्। सामाजिक सञ्जालमार्फत उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सलाई सफलताको कामना गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न सहयोग पुगेको उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्, ‘यो उत्सवले सिङ्गो देशलाई जिताएको छ, जागरुक बनाएको छ। सबै नेपालीलाई एकतामा बाँध्दै, सुरक्षा सम्बन्धी शङ्कालाई चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र हो भन्ने सन्देश विश्वभर पुर्‍याएको छ।’

 

तपाईको प्रतिक्रिया