शनिबार २३ फाल्गुण २०८२
बिजनेस

एनएमबि बैंकले सुरु गर्यो अनलाइन कर्जा ट्र्याकिङ सेवा

बुधबार पौष २, २०८२/ Wednesday 12-17-25

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि अनलाइन कर्जा ट्र्याकिङ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले व्यक्तिगत तथा साना तथा मझौला उद्यम (MSME) कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो कर्जा आवेदनको अवस्था वास्तविक समयमा (रियल–टाइम) ट्र्याक गर्न सक्ने व्यवस्था गरेको हो।

यस सेवामार्फत कर्जाका लागि आवेदन दिएका ग्राहकले आवेदनको प्रगतिबारे जानकारी लिन अब बैंकको शाखा धाउनुपर्ने वा फोनमार्फत सोधपुछ गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने बैंकले जनाएको छ।

कर्जाका लागि आवश्यक कागजात पेश गरेपछि ग्राहकलाई एक ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराइनेछ। सो ट्र्याकिङ नम्बर प्रयोग गरी ग्राहकले बैंकको वेबसाइटमा रहेको डिजिटल बैंकिङ  खण्डअन्तर्गत ‘अनलाइन कर्जा ट्र्याकिङ’ मा गई वा सिधै https://digi.nmb.com.np/loan-tracker मा प्रवेश गरी आफ्नो कर्जा प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारी प्राप्त गर्न सक्नेछन्।

यस सुविधाले कर्जा प्रक्रियालाई थप सहज, छिटो र पारदर्शी बनाउने विश्वास बैंकले लिएको छ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया