टुसाल मल्टिभेन्युमा क्रिसमस उत्सव : लाइभ म्युजिक, बार्बेक्यु सहित विशेष छुट
काठमाडौं । टुसाल मल्टिभेन्युले क्रिसमस पर्वको अवसरमा आज विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। आयोजकका अनुसार क्रिसमस डेमा आयोजना हुने कार्यक्रममा लाइभ म्यूज़िक, बार्बेक्यु र उत्सवमय वातावरण रहनेछ।
आजको विशेष कार्यक्रममा ‘द रेनडर नेपाल’को लाइभ म्युजिक प्रस्तुति रहनेछ भने स्मोकी लाइभ बीबीक्यूसहित टुसालका विभिन्न परिकार उपलब्ध गराइनेछ। यस अवसरमा सहभागीहरूका लागि सबै फूड एण्ड बेभरेजमा १० प्रतिशत छुटको व्यवस्था गरिएको म्यानेजर बिमोन्ड ओझाले बताए।
कार्यक्रम क्रिसमस डे साँझ ५ बजेदेखि राति ९ बजेसम्म तारकेश्वर–८, मनमैजुस्थित टुशल मल्टिभेन्युमा आयोजना हुनेछ। आयोजकले संगीत, स्वाद र उत्सवको रमाइलो अनुभव लिन सदस्य तथा अतिथिहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
इभमा मल्टिभेन्यू जाने अतिथि र स्थानीयलाई समेत लक्षित गर्दै यस्तो कार्यक्रम राखेको टुसाल मल्टिभेन्यूका म्यानेजर विमोन्ड ओझाले बताए। कार्यक्रम साँझ ४ बजे सुरु हुनेछ भने कार्यक्रममा सहभागी हुनेहरुले फुड एण्ड ड्रिङ्कसमा १० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन्।
चार वर्ष अघि संचालनमा आपको टुसाल मल्टिभेन्यूमा जिम-कार्डियो, साउना, स्टिम, ज्याकुजी, स्विमिङपुल, कफिसप, रेस्टुरेण्ट,बार, पार्टी प्यालेस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
तपाईको प्रतिक्रिया