शनिबार २३ फाल्गुण २०८२
शिक्षा

त्रिविको दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दीक्षित

बिहीबार पौष १०, २०८२/ Thursday 12-25-25

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ, जहाँ १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्कीले शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँगै दीक्षित विद्यार्थीलाई औपचारिक रूपमा दीक्षान्त प्रदान गरेकी हुन्।

विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह गरी कुल ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन्। दशरथ रंगशालामा आयोजना गरिएको समारोहमा त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।

समारोहमा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसहित विभिन्न प्राज्ञ र शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्यालले विश्वविद्यालय क्रमशः सुधारतर्फ अघि बढिरहेको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे।

तपाईको प्रतिक्रिया