शनिबार २३ फाल्गुण २०८२
बिजनेस

नयाँ वर्षमा महालक्ष्मीको आकर्षक सुनचाँदी कर्जा

बिहीबार पौष १७, २०८२/ Thursday 01-01-26

काठमाडौं ।  अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधा सहित परिमार्जित सुनचाँदी धितो कर्जा सेवा प्रदान गर्ने भएको छ।

नेपाली बजारमा सुन तथा चाँदीप्रतिको बढ्दो आकर्षण तथा तिनलाई लगानीको विकल्पका रूपमा समेत प्रयोग गर्न सकिने अवस्थालाई मध्यनजर गर्दै बैंकले उक्त कर्जा सुविधा ल्याएको जनाएको छ। यस अन्तर्गत ग्राहकहरूले प्रतिस्पर्धी ब्याजदरमा सुनचाँदी धितो राखी कर्जा लिन सक्नेछन्। कम ब्याजदर, छिटो प्रक्रिया र सुरक्षित वित्तीय व्यवस्थापन यस योजनाका प्रमुख विशेषता हुन्। कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँ तोकिएको छ।

यो सेवा हाल न्यूरोड (काठमाडौं), न्यूरोड (पोखरा), महाराजगञ्ज, हेटौंडा र भैरहवा शाखामार्फत उपलब्ध हुनेछ भने कर्जाको आवेदन बैंकका जुनसुकै शाखाबाट पनि दिन सकिनेछ।

“सबल बैंक, सफल सहकार्य” नाराका साथ विगत ३१ वर्षदेखि सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकका देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।

तपाईको प्रतिक्रिया