शनिबार २३ फाल्गुण २०८२
बिजनेस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारणसभा सम्पन्न

बुधबार पौष ३०, २०८२/ Wednesday 01-14-26

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको ३९औं वार्षिक साधारणसभा बुधबार काठमाडौंको एलिस रिसेप्सनमा सम्पन्न भएको छ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले अध्यक्षता गरेको सभामा शेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गर्दै छलफल गरिएको थियो।

आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। यस अवधिमा बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले बढेर ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। कर्जा प्रवाह २० अर्ब ८४ करोड रुपैयाँले वृद्धि भई खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ।

त्यस्तै, बैंकको लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

हाल बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखा सहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया