शनिबार २३ फाल्गुण २०८२
बिजनेस

हिमालयन बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न

बुधबार पौष ३०, २०८२/ Wednesday 01-14-26

काठमाडौं। हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले बैंक तथा सहायक कम्पनीसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ। सभामा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

साधारणसभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि हालकै लेखापरीक्षक ‘आर एन्ड एस एसोसिएट्स’ लाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ।

यसैगरी, नियामक निकायको निर्देशनअनुसार बैंकको पूँजी संरचनाको अनुपातअनुसार सञ्चालक समितिको संरचना परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ।

 

तपाईको प्रतिक्रिया