बिजनेस
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ साधारणसभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश घोषणा
मंगलबार माघ ६, २०८२/ Tuesday 01-20-26
काठमाडौं।हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा शनिबार अनमोल ब्याङ्क्वेट, शंखमूलमा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण पारित गर्दै शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले करसहित २० करोड १२ लाख ५९ हजार ५९२ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ। साथै, आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिकसमेत पारित गरिएको छ।
अध्यक्ष श्रेष्ठले प्रविधि र दक्ष जनशक्तिमा लगानी गर्दै कम्पनीलाई अझ सुदृढ बनाइने बताए। प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले चुनौतीपूर्ण अवस्थामा पनि रणनीतिक व्यवस्थापनका कारण उल्लेखनीय प्रगति भएको उल्लेख गरिन्। सभामा शेयरधनीहरूले ८ प्रतिशत नगद लाभांशप्रति सन्तोष व्यक्त गरेका थिए।
तपाईको प्रतिक्रिया