शनिबार २३ फाल्गुण २०८२
शिक्षा

श्रीपञ्चमी विशेषः काठमाडौं लिंकन स्कूलमा सरस्वती पूजा तथा अक्षराम्भ कार्यक्रम

शुक्रबार माघ ९, २०८२/ Friday 01-23-26

काठमाडौँ । श्रीपञ्चमीका अवसरमा आज देशभर विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्दै विविध कार्यक्रम आयोजना गरिएको छ। ज्ञान, विद्या र बुद्धि प्राप्त हुने धार्मिक विश्वासका साथ मनाइने यस पर्वको अवसरमा तार्केश्वर नगरपालिका–८ स्थित काठमाडौं लिंकन स्कूलले विशेष सरस्वती पूजा तथा अक्षराम्भ कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रवार बिहानदेखि सुरु भएको कार्यक्रममा अभिभावक, विद्यार्थी तथा शिक्षक–शिक्षिकाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीले सरस्वती पूजा–आराधना गर्दै प्रसाद ग्रहण गरेका थिए। विद्यालयका प्रिन्सिपल राजेन्द्र पाण्डेले श्रीपञ्चमीको अवसरमा पीजी कक्षाका बालबालिकालाई विशेष छुटसहित भर्ना गरिएको बताए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल र तार्केश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी लगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया