प्रवास
केदार विक्रम शाही बने एनआरएनए अमेरिकाको खेलकुद समिति अध्यक्ष
मंगलबार माघ २७, २०८२/ Tuesday 02-10-26
मेरिल्याण्ड, अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको खेलकुद समितिको अध्यक्षमा केदार विक्रम शाही नियुक्त भएका छन्। एनआरएनए अमेरिकाको फेब्रुअरी २ तारिखको बैठकले शाहीलाई २०२५–२०२७ कार्यकालका लागि खेलकुद समितिको अध्यक्ष नियुक्त गरेको हो।
बाजुराको त्रिवेणी नगरपालिका–७ मा जन्मघर भएका शाही हाल अमेरिकाको मेरिल्याण्ड राज्यका स्थायी बासिन्दा हुन्। पेशाले युवा व्यवसायी समेत रहेका शाही सुदूरपश्चिम नेपाली समाज, मेरिल्याण्ड का सदस्य समेत हुन्। उनी मेरिल्याण्ड एथलेटिक्सको सचिव, फारवेस्टर्न युनाइटेड क्रिकेट क्लबको टिम म्यानेजमेन्ट मेम्बर, तथा फारवेस्टर्न फुटबल क्लबका फाउन्डर र म्यानेजर समेत हुन्।

साथै, संघले अनिश भुसाल लाई विद्यार्थी समिति अध्यक्ष र किसान खत्री लाई युवा समिति अध्यक्षमा नियुक्त गरेको छ।
तपाईको प्रतिक्रिया