प्रवास
मेघालय कोइलाखानी विष्फोटमा थप एक नेपालीको मृत्यु, मृतक संख्या चार पुग्यो
मंगलबार माघ २७, २०८२/ Tuesday 02-10-26
काठमाडौँ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर घाइते भएका थप एक नेपालीको मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ।
विष्फोटपछि बेपत्ता रहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको हो।
माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको यसअघि नै मृत्यु भइसकेको थियो।
राई रोजगारीका लागि गत असोज ९ गते मेघालय गएका थिए। मृतक सबैको उतै दाहसंस्कार गरिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया