शनिबार २३ फाल्गुण २०८२
बिजनेस

सुनको भाउ आज तोलामा १ हजार १०० रुपैयाँले बढ्यो

बुधबार माघ २८, २०८२/ Wednesday 02-11-26

काठमाण्डौ । सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ ।

भाउ बढेर सुन आज तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ४० रुपैयाँ थियो । 

तपाईको प्रतिक्रिया