शनिबार २३ फाल्गुण २०८२
बिजनेस

हिमालयन एभरेष्ट इन्स्योरेन्सको शाखा अब आधुनिक पूर्वाधारसहित कुमारिपाटीमा

बुधबार माघ २८, २०८२/ Wednesday 02-11-26

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले सेवा विस्तार तथा भौतिक पूर्वाधार सुदृढीकरणको रणनीतिअनुसार ललितपुर महानगरपालिका–१९, कुमारिपाटीमा आफ्नै आधुनिक सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरेको जनाएको छ।

कम्पनीका अनुसार लगनखेल शाखा कार्यालयलाई मिति २०८२ माघ २८ गतेदेखि कुमारिपाटीस्थित नयाँ भवनमा स्थानान्तरण गरिएको छ। अब साबिक लगनखेल शाखाबाट प्रदान गरिँदै आएका सम्पूर्ण बीमा सेवाहरू नयाँ स्थानबाटै निरन्तर रूपमा उपलब्ध हुनेछन्।

आफ्नै भवनबाट सेवा सञ्चालन सुरु भएसँगै ग्राहक सेवा अझ व्यवस्थित, सहज र प्रभावकारी हुने कम्पनीको विश्वास छ। कम्पनीले सरोकारवाला तथा ग्राहकबाट प्राप्त निरन्तर विश्वास, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै “ग्राहक–केन्द्रित सेवा” लाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

 

तपाईको प्रतिक्रिया