शनिबार २३ फाल्गुण २०८२
खेलकुद

एकै दिनमा उठ्यो सावित्राको उपचार खर्च

बुधबार फाल्गुण १३, २०८२/ Wednesday 02-25-26

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को एसीएल शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण खर्च २४ घन्टामै जुटेको छ।

सामाजिक सञ्जालमार्फत उनले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी प्लेटफर्ममा करिब ५२ हजार न्युजिल्यान्ड डलर (झण्डै ४५ लाख रुपैयाँ) सहयोग संकलन भएको जानकारी दिएकी हुन्। आवश्यक रकम जुटिसकेको भन्दै उनले थप आर्थिक सहयोग नगर्न अनुरोध गरेकी छन्।

घुँडाको एसीएल र एमसीएलमा गम्भीर चोट लागेपछि उनी करिब नौ महिना मैदान बाहिर रहनेछिन्। कतारमै शल्यक्रिया गर्ने तयारी रहेको बताइएको छ।

उपचारमा सहयोग नगरेको भन्दै एन्फा विरुद्ध राष्ट्रिय तथा पूर्वखेलाडीहरूले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विरोध प्रदर्शनसमेत गरेका छन्।

हाल न्युजिल्यान्डको क्लब वेलिङटन फिनिक्समा आबद्ध सावित्रा खेलका क्रममा घाइते भएकी थिइन्। समर्थकहरूको साथले आफू छिट्टै नेपालको जर्सीमा फर्किने आत्मविश्वास बढेको उनले बताएकी छन्।

 

तपाईको प्रतिक्रिया