शनिबार २३ फाल्गुण २०८२
प्रवास

काठमाडौंबाट अबु धाबी पुगेको एअर अरेबियाको विमान ओमन फर्कियो

शनिबार फाल्गुण १६, २०८२/ Saturday 02-28-26

काठमाडौं।  काठमाडौंबाट यूएईको राजधानी अबु धाबी उडेको विमान यूएईको आकाशमाथि पुगेर ओमन फर्किएको छ । इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा मिसाइल हान्न थालेसँगै खाडीका देशको उडान अस्तव्यस्त भएको छ ।

अबु धाबीका लागि काठमाडौंबाट उडान भरेको एयर अरेबियाको एडीवाई०४४/३एल४४ कलसाइन भएको एअरबस ए३२० विमान ओमन फर्केको हो ।

अमेरिका र इजरायल मिलेर इरानमाथि हमला गरेसँगै मध्यपूर्वमा तनाव चुलिरहेको अवस्थामा इरानले पनि जवाफी हमला गरिरहेको छ । यससँगै खाडी मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।

तपाईको प्रतिक्रिया