शनिबार २३ फाल्गुण २०८२
बिश्वो

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मंगलबार फाल्गुण १९, २०८२/ Tuesday 03-03-26

काठमाडौं। साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार दूतावास भवनमा दुईवटा ड्रोन प्रहार गरिएको हो।

दूतावासले ‘एक्स’मार्फत जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा सीमित क्षति पुगेको जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार ठूलो विस्फोटको आवाज सुनिएको र आकाशमा कालो धुवाँ देखिएको थियो। भवन भने पूर्वतयारीका रूपमा खाली गराइएको थियो।

यसैबीच साउदीस्थित अमेरिकी मिशनले रियाद, जेद्दा र धहरानमा रहेका सर्वसाधारणलाई घरमै सुरक्षित रहन आग्रह गरेको छ। क्षेत्रीय तनाव बढिरहेका बेला इरानले खाडी क्षेत्रमा आक्रमण जारी राखेको बताइएको छ।

यसअघि कुवेतस्थित अमेरिकी दूतावास आसपास पनि धुँवा देखिएपछि नागरिकलाई सतर्क रहन भनिएको थियो। यूएईको एक विमानस्थलमा भएको आक्रमणमा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको पुष्टि भएको छ।

 

तपाईको प्रतिक्रिया