काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केही समयका लागि रोकिएको मतदान पुनः सुरु भएको छ। उक्त क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो।
केही समयअघि उम्मेदवार सिंह मतदान केन्द्रमा पुगेपछि दुई पक्षबीच विवाद भएको भन्दै विपक्षी पक्षले आरोप लगाएको थियो। विवाद चर्किएपछि केहीबेर मतदान प्रक्रिया अवरुद्ध भएको थियो।
पछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको र दुवै पक्षसँग छलफल गरी विवाद समाधान गरेपछि मतदान प्रक्रिया पुनः सञ्चालन गरिएको हो।
बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा दुई पक्षका कार्यकर्ताबीच भनाभन तथा विवाद भएपछि अवस्था तनावपूर्ण बनेको थियो। यसअघि बलरा–१ मा पनि केही समयका लागि तनाव सिर्जना भएको बताइएको छ।
तपाईको प्रतिक्रिया