शनिबार २३ फाल्गुण २०८२
खेलकुद

रोमाञ्चक जितसहित भारत फाइनलमा, ७ रनले चुक्यो इङ्ल्यान्ड

शुक्रबार फाल्गुण २२, २०८२/ Friday 03-06-26

काठमाडौं ।आइसीसी टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ७ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

भारतले दिएको २५४ रनको लक्ष्य पछ्याउनले क्रममा इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो।

इङ्ल्यान्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेले । यस्तै विल ज्याकले ३५ र जोस बटलरले २५ रन योगदान दिए । जोफ्रा आर्चर अविजित १९ रन बनाए ।

भारतीय बलर हार्दिक पाण्डेयले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्सर पटेलले समान रूपमा १–१ विकेट लिए।

 

यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो। सन्जु सामसनले ८९, शिवम दुबे ४३, इशान किशन ३९, हार्दिक पाण्डेय २७ र तिलक बर्माले २१ रन बनाए। इङ्ल्यान्डका बलर विल ज्याक र आदिल रशिदले २–२ विकेट लिए ।

यस जितसँगै भारत लगातार दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ। फाइनल खेल आइतबार न्यूजील्याण्डसँग हुनेछ। इङ्ल्यान्ड भने विश्वकपबाट बाहिरिएको छ।

तपाईको प्रतिक्रिया