शनिबार २३ फाल्गुण २०८२
राजनीति

इलाम–२ मा सुहाङको सुरूआती अग्रता

शुक्रबार फाल्गुण २२, २०८२/ Friday 03-06-26

इलाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भइरहेको मतगणनामा इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले प्रारम्भिक अग्रता लिएका छन्।

चुलाचुली–६ को मतगणनाबाट सार्वजनिक भएको प्रारम्भिक परिणाम अनुसार नेम्वाङले ४९१ मत प्राप्त गरेका छन्।

श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले ४४३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका भेषराज आचार्यले २१० मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोकुल राईले १७१ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया