राजनीति
सर्लाही–४ मा रास्वपाका अमरेशको अग्रता, गगन थापा दोस्रो
शुक्रबार फाल्गुण २२, २०८२/ Friday 03-06-26
सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा रहेका छन्।
हालसम्मको मतपरिणाम अनुसार सिंहले १ हजार २३९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टी सभापति गगनकुमार थापाले ७६८ मत ल्याएका छन्।
त्यसैगरी जनमत पार्टीका राकेश मिश्र २५० मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका अमनिशकुमार यादवले १९९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन्।
यसअघि २०७९ सालको निर्वाचनमा पनि यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी भएका थिए। त्यतिबेला उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २५३ मत पाएका थिए।
तपाईको प्रतिक्रिया