शनिबार २३ फाल्गुण २०८२
राजनीति

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता

शुक्रबार फाल्गुण २२, २०८२/ Friday 03-06-26

झापा । झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले प्रारम्भिक मतगणनामा अग्रता बनाएका छन्। फागुन २१ मा सम्पन्न निर्वाचनपछि भइरहेको मतगणनामा हालसम्म सबै क्षेत्रमा रास्वपा पहिलो स्थानमा देखिएको छ।

झापा–५ मा रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह अग्रस्थानमा छन्। उनले हालसम्म ६ हजार ५५१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४२८ मत ल्याएका छन्।

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकालले १ हजार ७७५ मतसहित अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ५७९ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका देउकुमार थेवेले ४७० मत प्राप्त गरेका छन्।

झापा–३ मा रास्वपाका प्रकाश पाठकले ६ हजार ८२ मतसहित पहिलो स्थानमा छन्। राप्रपाका राजेन्द्र लिङ्देनले ३ हजार ७० मत पाएका छन्। श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले १ हजार ५८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरीबहादुर राजवंशीले १ हजार ३८२ मत ल्याएका छन्। नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले १ हजार २०७ मत र नेपाली कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरेले १८८ मत प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका लिङ्देन विजयी भएका थिए।

झापा–२ मा रास्वपाकी इन्दिरा राना मगरले ४ हजार ५८० मतसहित अग्रता लिएकी छिन्। उनलाई नेकपा एमालेका देवराज घिमिरेले १ हजार ३१० मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसकी सरिता प्रसाईंले १ हजार १२५ मत पाएकी छन् भने श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ६०७ मत प्राप्त गरेका छन्।

झापा–१ मा रास्वपाकी निशा डाँगीले ३ हजार १७० मतसहित अग्रता कायम राखेकी छिन्। श्रम संस्कृति पार्टीका केवराम राईले १ हजार ३२० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका केशवराज पाण्डेले १ हजार २८ मत ल्याएका छन् भने नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७८० मत पाएका छन्।

झापामा मतगणना अझै प्रारम्भिक चरणमै रहेकाले अन्तिम नतिजा आउन केही समय लाग्ने देखिएको छ।

तपाईको प्रतिक्रिया