शनिबार २३ फाल्गुण २०८२
राजनीति

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

शुक्रबार फाल्गुण २२, २०८२/ Friday 03-06-26

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ पुनः निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले २४ हजार ५९२ मत प्राप्त गर्दै दोस्रो पटक विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार राजेश शाक्यले १ हजार ९०९ मतसहित चौथो स्थानमा रहेका छन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए। 

तपाईको प्रतिक्रिया