सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ अग्रतामा रहेका छन्।
जारी मतगणनाअनुसार साम्पाङले ५ हजार ८९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङले ४ हजार ८०९ मत पाएका छन्।
त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले १ हजार २९१ मत प्राप्त गर्दा नेकपा एमालेका टिकाराम लिम्बुले ९६४ मत पाएका छन्। नेपाली कांग्रेसका सुजेन्द्र तामाङले भने ८९८ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ
तपाईको प्रतिक्रिया