राजनीति
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले २० हजार ९५५ मतान्तरले अगाडि
शनिबार फाल्गुण २३, २०८२/ Saturday 03-07-26
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित अग्रस्थानमा रहेका छन्।
हालसम्मको मतगणनाअनुसार वाग्लेले ३६ हजार १८६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १५ हजार २३१ मत पाएका छन्। दुवैबीचको मतान्तर २० हजार ९५५ रहेको छ।
यस्तै नेकपा एमालेकी भगवती न्यौपानेले ५ हजार ६५३, नेपाल कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३५२, श्रम संस्कृति पार्टीका काशीराम गुरुङले ९४६, राप्रपाका रामदत्त जोशीले ८१२ र उज्यालो नेपाल पार्टीका मञ्जिल रानाले ४८८ मत प्राप्त गरेका छन्।
यहाँ मतगणना जारी छ। रास्वपाका सभापतिले वाग्लेलाई ‘भावी सरकारको अर्थमन्त्री’ समेत घोषणा गरिसकेका छन्।
तपाईको प्रतिक्रिया