शनिबार २३ फाल्गुण २०८२
राजनीति

समानुपातिक मतगणनामा पनि रास्वपाकै स्पष्ट अग्रता, कांग्रेस दोस्रो

शनिबार फाल्गुण २३, २०८२/ Saturday 03-07-26

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ हालसम्म ४६ हजार २० मत गणना भएको छ। हालसम्मको परिणाममा दलगत प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ।

हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २६ हजार २४९ मत प्राप्त गरेको छ। नेपाली कांग्रेस ८ हजार ४०९ मतसहित दोस्रो स्थानमा छ भने नेकपा एमालेले ३ हजार ६६० मत पाएको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ६०३ मत प्राप्त गरेको छ। नेकपाले १ हजार १९६ मत पाएको छ भने श्रम संस्कृति पार्टीले १ हजार ११४ मत प्राप्त गरेको छ।

अन्य दलमध्ये राष्ट्रिय परिवर्तन पार्टीले ६६७ मत, नेपाल मजदुर किसान पार्टीले २३२ मत र नेपाल जनता संरक्षण पार्टीले १०८ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम अझै आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया